अन्ततः विमलेन्द्र निधीकै कारण पृथ्वीजयन्तीमा सार्वजनिक बिदा नहुने भयो
चैत–१४ । पृथ्वीजयन्तीको बिदाबारे आइतबार मन्त्रिपरिषदको सामाजिक समितिको बैठकमा गृहमन्त्री र मन्त्रीबीच चर्काचर्की भएकोछ । सार्वजनिक बिदाहरुको बरोमा निर्णय गर्न बसेको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीबीच चर्काचर्की भएको हो । बैठकमा उपप्रधानमन्त्री निधीले राजा महाराजाको जयन्तीमा बिदा नदिने बताएका थिए भने गिरीले पृथ्वीनारायण शाह राजा मात्र नभई एकीकराको हिरो भएकोले बिदा दिनु पर्ने अडान राखेका थिए । अन्ततः निधीका कारण समितिले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका बिदा नदिने निर्णय गरेको छ । समितिमा रक्षामन्त्री बालकृष्ण खाँड र वाणिज्यमन्त्री रोमी गौचन थकाली सदस्य छन् । – अन्नपूर्ण पोस्टबाट