प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई भेट्दै

चैत १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् ।
चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ । भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ ।
त्यस्तै गतवर्ष भएको पारवहन तथा यातायातसम्बन्धी सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिने कार्यक्रम रहेको छ । चैत १० गते चीन गएका प्रधानमन्त्री भोलि ल्हासा गएर पर्सि स्वदेश फर्कने कार्यक्रम छ ।
pm dahal
