राजनीति

भारतीय सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका वासुदेव शाहको परिवारलाई १० लाख हस्तान्तरण

भारतीय सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका वासुदेव शाहको परिवारलाई १० लाख हस्तान्तरण
चैत्र १४ । सरकारले ६ वर्ष अघि भारतीय प्रहरीको गोलीलागेर मृत्यु भएका मोरङका बासुदेव शाहको परिवारलाई १० लाख उपलब्ध गराएको छ । आज उपप्रधानमन्त्री विमलेन्द्र निधी शाहको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन । पूर्वाञ्चलको सुरक्षा व्यवस्थाको अध्ययन गर्न मोरङको विराटनगर पुगेका निधीले सरकारले मधेशी मोर्चा संग सहमती गरेर उनिहरुलाई निर्वाचनमा सहभागी गराउने बताएका छन् । स्तै उनले सिमांकनको विषय अहिले नै टुंगो लगाउनु पर्ने वा अधिकार सम्पन्न संघिय आयोग बनाएर केन्द्र र प्रदेशको चुनाव अगाडी टुंगो लगाउने विषयमा कुरा भइरहेको र मोर्चा समेत सकारात्मक देखिएको जानकारी दिए । चुनाव तोकिएकै मितिमा नै र एकै पटक हुने समेत दाबी गरे ।

Bimaledra nidi

विशेष