राजनीति

पुरीले भेटे ओलीलाई

पुरीले भेटे ओलीलाई

चैत १४ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको ओलीलाई पुरीले भेटेका हुन् । संविधान घोषणा गरेपछि भारत र एमालेबीच चिसिएको सम्बन्ध सुधार गर्ने प्रयास स्वरुप यो भेटलाई लिइएको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले आइतबार मात्र राष्ट्रपति विद्या भण्डारीसामू आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका थिए ।

ओहदाको प्रमाणपत्र पेश गरे लगतै नेपाली नेताहरुमा ओलीलाई पुरीले पहिलो भेट गरेका हुन् ।

Indain Embassdor

विशेष