राजनीति

नयाँ शक्तिबाट चार केन्द्रीय परिषद् सदस्य निस्कासित

नयाँ शक्तिबाट चार केन्द्रीय परिषद् सदस्य निस्कासित
चैत्र – १४ । नयाँ शक्ति पार्टी नेपालले हित र मूल्य–मान्यता विपरित कार्य गरेको भन्दै चार जना केन्द्रीय परिषद् सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीले केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीको सदस्यसमेत नरहने गरि निस्कासन गरेको हो । उनीहरुले पार्टीलाई स्पष्टीकरणसमेत दिन इन्कार गरेका कारण उनीहरुलाई निस्कासन गर्नु परेको पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । पार्टीको हित र मूल्य–मान्यता विपरित गतिविधि गरेको भन्दै चारजनासँग स्पष्टीकरण मागेको थियो । नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त वक्तव्य जारी गरेपछि निर्मलको समूह असन्तुष्ट थिए । उनीहरुले सयोजक भट्टराईले पार्टीमा छलफल नै नगरी एकल निर्णय गरेर सयुक्त वक्तव्य जारी गरेको आरोप लगाएका थिए ।

Naya Shakti Nepal

विशेष