राजनीति

चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ता उपलब्धीमूलक – प्रधानमन्त्री

चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ता उपलब्धीमूलक – प्रधानमन्त्री
चैत्र – १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग खुल्ला र स्पष्ट छलफल भएको बताए । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति पिङ चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा सोमबार दिउँसो छलफल भएको हो । प्रधानमन्त्री उक्त भेटवार्ता महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताए । यस खालको उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको उनले जानकारी दिए । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले उठाएका विषयमा राष्ट्रपतिले सकारात्मक जवाफ दिएको बताए । राष्ट्रपति नेपालको राजनीतिक स्थायित्व, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिए । राष्ट्रपतिसँगको छलफलमा नेपार र चीनबीच दुई देशीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीलेको निजी वेभसाइटले उल्लेख गरेको छ ।

puspakamal dahal prachanda

विशेष