राजनीति

प्रधानमन्त्रीका भाइ रासायनिक मल काण्डमा मुछिए

प्रधानमन्त्रीका भाइ रासायनिक मल काण्डमा मुछिए

चैत–१५ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले मलमाफियाको प्रभावमा परी झन्डै एक अर्ब रुपैयाँ बढी तिरेर ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न लागेको छ । अन्तर्राष्ट्रिय बजारमा २ सय ९० देखि बढीमा ३ सय २५ डलर प्रतिमेट्रिक टनमा पाइन युरिया मल ५ सय ६५ डलरमा खरिद गर्ने सम्झौता गरिएको छ । यसमा प्रधानमन्त्री दाहाल नै मुछिएका छन् ।

उनका भाई नारायण दाहाल मल खरिदमा निकै चासो दिएर लागेका छन् । २०६८ मा कृषि सामाग्री कम्पनीले गरेको मल खरिद टेण्डरमा सबैभन्दा कम दर प्रतिमेट्रिक टन ५ सय ६५ डलरमा प्रस्ताव गरेको अस्ट्रेलियन कम्पनी लोबाना ट्रेडिङले ठेक्का पारेको थियो । तर मलको मूल्य उच्चतम विन्दुमा पुगेकाले घाटा पर्ने देखेर उक्त कम्पनीले मल आपूर्तिमा चासो राखेन ।

त्यसपछि कृषि सामाग्रीले कृषि सामाग्री केन्द्रको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । कृषि सामाग्रीले एक साताभित्र बैंक ग्यारेन्टी पेश गर्न समय दिएका थियो । तर नोबानाले कामुनमा १५ दिनसम्म बैंक ग्यारेन्टीको समय दिनुपर्ने प्रावधानमा टेकी अदालतमा मुद्दा दायर गरेको थियो । लोबानाले प्रतिमेट्रिक टन २५० डलर भन्दा बढी फाइदा हुने देखेपछि सर्वाेच्च अदालतसम्मलाई प्रभावमा पारी फैसला आफ्नो पक्षमा पारेको कृषिमन्त्रालयका अधिकारीहरुको भनाइ छ । –दृष्टि साप्ताहिकबाट

विशेष