एमालेले गर्यो विद्वत भेला

चैत्र १५ । नेकपा एमालेले विद्वत भेलाको आयोजना गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको आव्हानमा भएको भेलामा मुलुकको विकासको लागि अघि बढाउन सकिने सम्भावनाका क्षेत्रमा धारणा राखेका थिए ।
उक्त सभामा एक सय भन्दा बढी नेपालमा ख्याति कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो । ललितपुरको हिमालय होटलमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिभिन्न वहानामा संक्रमणकाल लम्वाउन षडयन्त्र भईरहेको आरोप लगाएका थिए ।
विक्रम सम्बत् २०९९ सम्म नेपाललाई कस्तो बनाउन सकिन्छ भन्ने विषयमा योजना बनाउन आयोजित विद्वत सभाको आयोजना गरेको अध्यक्ष ओलीले बताएका थिए ।
त्यस्तै उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको अबस्थामा बिनासर्त निर्वाचनमा होमिएर मुलुकलाई अघि बढाउनुपर्ने धारणा समेत राखेका थिए ।
`
KP Oli
