राजनीति

रत्नराज्य लक्ष्मी क्याम्पसमा भित्र चुनाव बाहिर ढुंगामुढा

रत्नराज्य लक्ष्मी क्याम्पसमा भित्र चुनाव बाहिर ढुंगामुढा

चैत्र १५ । राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भइरहेको छ ।

यसलाई बिथोल्ने अराजक समुहले पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । पत्रकार बसेको ठाँउमा पत्रकारलाई लक्षित गरी प्रहार गरेको बम उनिहरुको नजिकै पड्किएपछि प्रहरीले आक्रमणकारीलाई लखेटको छ ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।

प्रहरीले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम हानिएपछि पत्रकारहरुलाई सुरक्षित स्थानमा गइदिन आग्रह गरेको छ ।  उनीहरुले केपी ओली र एमालेविरुद्ध नाराबाजी गरिरहेका छन् । ९ विद्यार्थी संगठनको बिरोध भनिए पनि प्रदर्शनकारीले अखिल क्रान्तिकारीको चिन्ह अंकित कपडा बेरेका छन् ।

मतदानस्थल बाहिर एमाले सम्बद्ध अनेरास्ववियु र कांग्रेस सम्बद्ध नेविसंघका उम्मेदवारहरुले लाइनमा उभिएर मतदातासँग मत मागिरहेका छन् ।

RR Campus

विशेष