राजनीति

एनसेलको विरोध गरेको कारण नयाँ शक्तिका सदस्यहरु निष्काशित

एनसेलको विरोध गरेको कारण नयाँ शक्तिका सदस्यहरु निष्काशित
[nepalaja_video type="youtube" id="4xKDOKJkbnY" width="700px"]
नयाँ शक्ति नेपाल पार्टीले एनसेलको विरोध गरेका कारण नयाँ शक्ति नेपालबाट निर्मल भट्टराई र हरिराम रिमाललाई निष्काशन गरेको छ । नयाँ शक्ति नेपालले निर्मल भट्टराई, हरिराम रिमाल, मोहन बम र चन्द्रलाल ओझालाई निष्काशित गरेको हो । नयाँ शक्तिलाई सुरुवाती चरणबाट निरन्तर सहयोग गर्दै एनसेल विरुद्ध बोलेका कारण उनीहरुलाई निष्काशित गरेको बताईएको छ । भट्टराई र रिमालले एनसेलले सरकारलाई बुझाउन बाकी ३३ अर्ब नबुझाएको भन्दै विरोधमा उत्रिएका थिए ।
गत शनिवार नयाँ शक्तिका नेता भट्टराई र रिमालले नागरिक अभियान नेपालले ललितपुरको पाटनमा गरेको एनसेलको सिम जलाउने कार्यक्रममा सहभगी भएका थिए । कार्यक्रममा मन्तब्य समेत व्यक्त गरेका दुई नेताले एनसेलले नेपाली जनतामाथि अपराध गरेको बताएका थिए । कार्यक्रममा बोल्दै नेता भट्टराईले ‘हामीले प्रयोग गर्ने हरेक सामानमा कर तिर्नुपर्छ । मोबाइल होस अथवा मोटर हरेक पाटपुर्जा सबैमा अनिवार्य कर तिर्नुपर्छ । ’ उनले सीम जलाउने कार्यक्रममा भनेका थिए –‘तर, एनसेलले कर तिर्दैन । यो सरासर ठगी हो । नेपालमा आएर व्यापार गर्ने, अर्बौ नाफा कमाउने ? यो विश्को कुनैपनि देशमा नहुने घटना हो । यस्तो हुनुमा नालायक नेता र सरकार दोषी छन् ।’ कार्यक्रममा बोल्दै रिमालले भनेका थिए ‘अधिकार छ भन्दैमा सरकारले नीतिगत भ्रष्टाचार गर्ने र लाभ उठाउने कार्यमा लाग्छ भने लाखौँ जनता सडकमा उत्रिनेछन् । यस्तो अपराधलाई टुलुटुलु हेरेर बस्ने राजनीतिक दललाई पनि जनताले अस्विकार गर्नेछन् ।’ एनसेल विरुद्धको कार्यक्रममा सहभागी भएर सीम जलाएर एनसेल विरोधी अभिव्यक्ति दिएको कारण उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको बुझिएको छ । नयाँ शक्ति नेपालको बिज्ञप्तीमा उनीहरुले पार्टीको नीति विपरित काम नगरिकन पार्टीले सोधेको स्पष्टिकरण नदिएको कारणले निष्काशित गरिएको बताइएको छ ।

hariram bhattarai Nayashakti Nirmal Bhattarai

विशेष