भिडियो

मलाई फाँसीको सजाए सुनाए पनि सेक्सका कुरा बोलिरहन्छु (भिडियोसहित)

मलाई फाँसीको सजाए सुनाए पनि सेक्सका कुरा बोलिरहन्छु (भिडियोसहित)

[embed][/embed]



नेपालआजसँगको पहिलो अन्तर्वार्तापछि चर्चाको शिखरमा पुगेका नयाँ शक्तिका नेता तथा कृषि बैज्ञानिक मदन रार्इले यौनबारेको उदार धारणामा कुनै परिवर्तन गर्न नसक्ने दोहोर्याएका छन् । पहिलो अन्तर्वार्ताले धेरै पाठ सिकाएको बताउने राईले आफूलाई फासीको सजाय दिने फैसला कतैबाट भए पनि बोल्न चाहिँ नछाड्ने बताए । पहिलो अन्तर्वार्ताको समिक्षा र नयाँ केही धारणासहित हामीले पुन राईलाई अन्तर्वार्तामार्फत प्रस्तुत गरेका छौं । अन्तर्वार्ताका क्रममा कृषि बैज्ञानिक राइका धारणाका मुख्य अंश यस्ता छन्ः

संसारभरको मानवीय समस्या के हो ? नेपालको मुख्य समस्या के हो त ? खोजी हेरेको त्यो समस्या भनेको त यौन पो रहेछ । म कृषि बैज्ञानिक । खेतिपाती किन हुन छाड्यो ? भनेर मानिसहरुले सोध्ने पनि गर्छन् । साच्चै किन किसानले खेति गर्न छाडे त ? यसको कारण पनि यौन नै रहेछ । यहि भएर मैले के निष्कर्ष निकाले सबै समस्याको जड यौन शिक्षाको अभाव हो । यसकारण यौन शिक्षा दिनु पर्छ ।

पञ्चतत्वले पाँच किशिमको वनस्पति जन्मायो । पाँच किशिमको वनस्पतिले पाँच किशिमको जीव जन्मायो । यी सबैमध्ये समस्या झेल्ने भनेको मानिसले मात्रै हो । शिक्षाको अभावले मानिसको जीवन समस्याग्रस्त छ । शिक्षामा पनि मूल कुरा यौन शिक्षाकै अभाव प्रमुख छ ।

मानवले मानव जन्माउने श्रृष्टिको सुरुवात थाहा पाउनु पर्छ ।


कृषिबिना जीवन सम्भव छैन । अहिले संसारमा आकाश डढाउने, जल प्रदूषित गर्ने, माटो रुख्याउने जस्ता काम भइरहेका छन् । यी सबै दुष्परिणाम यौनमा गएर जोडिन्छन् । यौन भन्दा पहिले शिक्षामा गएर जोडिन्छ । तर जबसम्म यौन शिक्षा दिइन्न, तबसम्म अरु शिक्षाको काम पनि छैन भनेर मैले शिक्षासँगै यौन पनि जोडेर पढाउनु पर्छ भनेर स्कुल पनि खोलेको छु ।

यौनबाट मान्छेको उत्पति हुन्छ । डिम्ब बोक्ने महिला, शुक्रकिट बोक्ने पुरुष ज्ञानी छ भने उसको सन्ततिले पनि राम्रो संस्कार पाउँछ । महिला र पुरुषले मान्छेको उत्पतिको रहस्य बुझ्नु पर्छ । तब मात्रै उनका सन्ततिले जीवनको सत्य बोध गर्ने छन् ।

मैले यसअघि दिएको अन्तर्वार्ताको शीर्षक आपत्तिजनक तपाईहरुले राखिदिनु भयो । त्यस्तो शीर्षकले सुरुमा भयंकर नै नकारात्मक प्रतिक्रिया आयो । मलाई मेरा आफन्तहरुले बहिष्कार गर्ने योजना पनि बनाएछन् । मेरो पार्टीका दिदीबहिनीहरुले कराउनु भयो रे, मलाई त भन्नु भएन ।

तर उहाँहरुले ‘हामी त त्यस्तो होइन दाइ’ भन्नु भयो । मैले सोधे, ‘अन्तर्वार्ता पूरै हेर्नु भयो कि भएन ? ’ भनेर सोधे ।

उहाँहरुले, ‘त्यस्तो के हेर्नु’ भन्नु भयो ।

मैले, ‘पहिले पूरै हेर्नुहोस्, लेखेको मात्रैले पुग्दैन । अन्तर्वार्ता र लेखाइमा फरक छ’ भने ।

मैले पार्टीका खिमलाल देवकोटा र संयोजक बाबुराम भट्टराईलाई पनि मैले भने, ‘मैले केही आपत्तिजनक कुरा बोलेको छु । केही पर्यो भने कारबाही गर्नुहोला’ ।

यसो भनेपछि खिमलालजीले भन्नु भयो, ‘मैले तपाईको अन्तर्वार्ता हेरिसके दाई । त्यो अन्तर्वार्ता मेरो छोराले पनि मन पराएछन् । म र मेरो पत्नीसँगै बसेर हेरेको हो । तपाईले राख्नु भएको धारणा ठीक छ ।’

यौनबारेको मेरो कुरा सुरुवातमा नकारात्मक आयो पछि मानिसहरुले पूरै अन्तर्वार्ता हेरेपछि मन पराए । पाँच दिनपछि त मेरोमा मान्छेहरुको भिड लाग्यो । विद्वानहरुले खुट्टा ढोगे । उनीहरुले भने, ‘तपाई आधुनिक ऋषि हुनुहुँदो रहेछ ।’

मैले जे भने त्यसमा कुनै पछुतो छैन । मलाई सरकारले सजाय दिओस केही फरक पर्दैन । मलाई फाँसी नै दिए पनि फरक पर्दैन । किनभने मेरो प्राकृतिक हिसाबले नै मर्ने बेला भएको छ ।

मेरो अन्तर्वाता १०–१५ प्रतिशतले मन नपराएका होलान् । ६ सय कमेन्ट आयो । एक घन्टा सुनेर कमेन्ट गर्नु त राम्रो हो नी ।

अब त्यो बेलामा तपाई नै आउनु भयो अन्तर्वार्ता लिन । कुरा फटाफट सोध्नु भयो । मैले पनि कुरै कुरामा ‘लापुक’ प्याट्ट भन्दिहाले । मान्छेले बबाल पनि गरे । तर मलाई केही पछुतो छैन । यो समाजले मन नपराउँदा केही फरक पर्दैन । किनकी मलाई यो समाजअनुशार हुनु नै छैन ।

मैले बोलेकै कुरा आएको हो हुन त । फेरि पनि म त्यो कुरा भन्न चाहिँ छाड्दिन । महिला पुरुषहरु बागमतीमा गएर पिसाब फेर्छन । अनि किनरको पशुपतिनाथमा भएको शिवको लिंग र पार्वतीको योनीमा गएर बागमती सफा बनाइदेउ भनेर ढोग्छन् । यो कुरा त म जति गरे पनि बोल्न छाड्दिन ।

काठमाडौंमा ५० लाख मान्छेले दिनमा ६० लाख लिटर पिसाब फेर्छन् । १५ लाख केजी दिशा गर्छन् । त्यो बागमतीमै जाने हो । अनि हप्तामा एक दिन आधा घण्टा ५० जना मान्छे लिएर गएर लिलामणि पौड्यालले बागमती सफा गर्न सक्नु हुन्छ ? दिशा र पिसाब कहाँबाट आउँछ ? लिंग, योनी र मलद्वारबाट नै हो आउने । यी शब्दहरुलाई लिंग, योनी र मलद्वार भन्न हुने शुद्ध नेपालीमा भन्न नहुने ? म त भन्छु । पटक पटक भन्छु । नेपालीमै यस्ता शब्द छन् । तिनैलाई ‘कमन वर्डस’ बनाउनु पर्छ ।

योनी र लिंगका कारण अपराध बढ्छ भन्ने त सबैलाई थाहा छ । बलात्कारीलाई मृत्युदण्ड दिए पनि यो प्राकृतिक कुरा रोकिदैन । जब लिंग ठाडो हुन थाल्छ, आँखा बन्द हुन्छ । जब योनी चलमलाउन थाल्छ आँखा बन्द हुन्छ । त्यो बेला मान्छेले अरु सम्बन्ध, नियम, अनुशासन केही देख्दैन । लिंग र योनी मात्रै देख्छ ।

मैले खोलेको स्कुलमा यौन शिक्षालाई बढी महत्व दिएको छु । त्यहाँ १२ वर्षमाथिका बालबालिकाहरुलाई यौन शिक्षा दिइन्छ । १६ वर्ष पूरा भएपछि ‘अब तिमीहरु यौनका लागि तयार भयौं । इच्छा भए गर्दा हुन्छ तर गल्ति नगर्नु, अपराध नगर्नु भनेर सिकाइन्छ ।’

मैले बलात्कार नगर्नु, रोग नसार्नु, बिहे नगर्नु भन्ने गरेको छु । बिहे भनेको लोग्नेमान्छेले आफ्नो हितकालागि बसाएको चलन हो ।


र याे पनि,


१. ‘बाबुराम भट्टराई जस्तो सर्वश्रेष्ठ अरु कुनै नेता छैनन्’ (भिडियोसहित)

२. मदनजी अंग प्रदर्शनको पक्षमा हुनुहुन्छ, तर म सहमत छैन –करिश्मा

३. मैले भन्दिए, ‘पहिले अन्तरवार्ता पूरा हेर्नुहोस्, त्यसपछि तपाईले नै प्रसंशा गर्न थाल्नुहुनेछ’

४. ‘मलाई कारबाही गर्न केन्द्रीय कार्य समितिमा प्रस्ताव गरेको छु’ मदन राईको खुलाशा

५. मदन राईको अन्तरवार्ताले नयाँ शक्तिमा हंगामा, कल्पना धमलाले दिइन् पागलपनको संज्ञा

६. बिद्वानको विवादास्पद अभिव्यक्तिः नेपालमा हरेकले परपुरुष परस्त्रीसँग शारीरिक सम्बन्ध राख्छन्

७. बजारमा आउँदै छ यस्तो किताब जसको नाम तपाईले भन्न पनि सक्नुहुन्न !

८. कृषि वैज्ञानिक मदन राई भन्छन्, ‘लिंग र योनी छोप्ने कुरा होइनन्’

 

krishi baigyanik madan rai Nayashakti

विशेष