विचित्र विश्व

यस्तो छ लिपिस्टिकबारे थाहा नभएको तथ्य, पुरुषले पनि लगाउथे लिपिस्टिक

यस्तो छ लिपिस्टिकबारे थाहा नभएको तथ्य, पुरुषले पनि लगाउथे लिपिस्टिक

लिपिस्टिक महिलाहरुको प्रिय मानिन्छ । यसको लागि अहिले युवतीहरु मनग्गे पैसा खर्च गर्ने गर्छन् । संसारको सबभन्दा महंगो ‘गुएरलैन्स किसकिस गोल्ड’ नाम गरेको लिपिस्टिकको नेपाली मूल्य करिब ६२ लाख रुपैँया छ । यसमा ११० ग्राम सुन र १९९ वटा हिरा राखेर बनाइएको छ । अध्ययनअनुसार संसारका करिब ७० प्रतिशत महिला लिपिस्टिक नलगाइ कुनै कार्यक्रममा सहभागी हुँदैनन् । इतिहासकारका अनुसार लिपिस्टिक लगाउने चलन आज भन्दा पाँच हजार वर्षअघि देखि सुरुवात भएको हो । अहिले लिपिस्टिक सुन्दरताको लागि लगाइन्छ । तर, त्यो समयमा लिपिस्टिक सुन्दरताको लागि मात्र नभई विवाह गरेका महिलाहरुले मात्र समाजमा आफ्नो पहिचानको लागि लगाउने गर्थे । महिलामात्र नभई इज्जत र प्रतिष्ठाअनुसार पुरुषले पनि लिपिस्टिक लगाउने गर्थे । विशेषगरि पुरुषले आँखा र निधारमा विभिन्न आकृति बनाई लगाउने गर्दथे । लिपिस्टकको सभ्यता ‘मेसोपोटामिया’ बाट सुर भएको बताइएपनि यसको यस परम्पराको थालनी गर्ने श्रेय भने इजिप्टकी महारानी क्लियोपेट्रालाई जान्छ । उनले नै महिलाहरुले आफ्नो सुन्दरता देखाउन लिपिस्टिक अनिवार्य हुन्छ भन्ने धारणा सथापित गरेकी थिइन् । महारानी क्लियोपेट्राले लगाउने लिपिस्टिक कारकाइन बिटल अर्थात गोब्रेकिरा र कमिलालाई मारेर बनाइएको प्राकृतिक रङबाट बन्ने गथ्र्यो । त्यतिबेला लिपिस्टिक लगाउनाले बिहानको खाना खाइसकेको संकेत दिन्थ्यो । अहिले बन्ने गरेका गुणस्तरीय लिपिस्टिकमा पनि विभिन्न प्रकारका किराहरुलाई मारेर उनीहरुको शरीरबाट निस्कने प्राकृतिक रङहरु मिसाइन्छ । त्यसमा पनि बढी मात्रामा भने माछाको प्रयोग हुने गर्छ । यसकासाथै महिलाहरुले कालो रङको लिपिस्टिक लगाउनुको अर्थ कसैसँग नबोल्ने भन्ने संकेत बुझिन्थ्यो । अमेरिकामा सन् १९१२ मा महिलावादी एलिथावेथ क्याडिर र उनका साथीहरुले निर्वाचनमा महिला उम्मेद्वारलाई जिताउन पहिलोपटक ‘लिपिस्टिक आन्दोलन’ को सुरुवात गरेका थिए ।

लिपिस्टिक

विशेष