राजनीति

स्ववियू निर्वचनः आरआरमा मतदान सम्पन्न, १ हजार २ सय ६४ ले मतदान

स्ववियू निर्वचनः आरआरमा मतदान सम्पन्न, १ हजार २ सय ६४ ले मतदान
चैत्र - १५ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्ववियू निवार्चनको मतदान सम्पन्न भएको छ । विभिन्न विद्यार्थी संगठनको विरोधका बीच मंगलबार ८ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भएको भए पनि जम्मा १ हजार २ सय ६४ मत खसेको छ । आरआरको स्ववियू सभापतिमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तमबहादुर साउद, अखिल कान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टी नेपालका अरविन्द भट्टराईले उम्मेदवारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले फागुन १८ तोकेको मितिमा निवार्चन हुन नसकेपछि २३ गतेलाई सारिएको थियो । स्थानीय निवार्चनको आचारसंहिताको विपरित हुने भन्दै २३ गते तोकिएको निवार्चन स्थगित भएको थियो । आरआर क्याम्पसका अनेरास्ववियका अध्यक्षका उमेदवार तपेन्द्रबहादुर शाहीले सर्वोच्च अदालतमा निर्वाचन हुने पर्ने माग राख्दै रिट दायर गरेका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्वाचन गर्नका लागि क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो ।

स्ववियू निर्वचनः

विशेष