राजनीति

आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी
चैत्र १६ । रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरसहित अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । फागुन १८ गते रोकिएको निर्वाचन चैत २ गतेको सर्वोच्च अदालतको आदेश अनुसार मंगलबार सम्पन्न हुँदा अनेरास्ववियुले बाजी मारेको हो । निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको थियो । साँझ पाँच बजेसम्म तोकिएको मतदानको समयमा तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ ले भोट हालेका थिए । खसेको एक हजार दुई सय ७६ मतमध्ये ६ सय ९९ मतसहित शाही अध्यक्षमा प्यानलसहित निर्वाचित भएका हुन् ।निकटतम् प्रतिद्वन्दी नेबिसंघका उत्तम साउदले ३६७ मत प्राप्त गरे । माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले ५३ मत प्राप्त गरेको छ। क्रान्तिकारीले परीक्षा चल्दा चल्दै निर्वाचन गरेको भन्दै भाग नलिने घोषणा गरेपछि दुर्इ ठुला विद्यार्थी संगठनबीच प्रतिस्पर्धा भएको हो । आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनै ठोस कारण नरहेको जनाएको थिपो । त्यही क्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो । गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि २३ फागुनमा निर्वाचन गर्ने मिति आरआर क्याम्पसले तोकेको थियो ।  

विशेष