राजनीति

बेइजिङमा गरे महतले नेपालको घोर बेइज्जती

बेइजिङमा गरे महतले नेपालको घोर बेइज्जती

चैत–१६ । भारत गैरहने र चीनसँग सम्बन्ध बिगारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो पार्ने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेइजिङ पुगेर देशको हुर्मत लिएका छन् । सकेसम्म चीनसँग सम्झौता नगर्ने र गर्न नदिने उद्देश्य बोकेका महत पहिले प्रधानमन्त्रीसँग चीन जान तयार थिएनन् । तर, जब चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र परराष्ट्रमन्त्री वाङ यी त्यो बेला अष्ट्रेलियामा रहने सुइँको पाए तब चीन जान कस्सिए ।

जे जस्तो उद्देश्य लिएर उनी चीन पुगेको थिए उसैगरी उनको कामलाई सञ्चार माध्यमले पर्दाफास गरिदिएका छन् । हाइनामा आयोजित बोआओ फोरमका कतिपय क्षेत्रमा उनले प्रधानमन्त्री दाहाललाई ओभरटेक गर्दै बोलेका थिए । बेइजिङ पुगेकै दिन नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा त गाइजात्रा नै देखियो । महत प्रधानमन्त्री र राजदूत लिलामणि पौड्यालसँगै मञ्चमा राष्ट्रगान गुनन्गुनाए भने प्रचण्ड सतर्क अवस्थामा उभिए । तर, पराराष्ट्रमन्त्री महतचाहिँ केही चपाउँदै थिए । सम्भवत उनी मञ्चमा जानु अघि बदाम वा पकौडा खाँदै थिए । एकाध मिनेट पनि मुखको खानेकुरा नचपाई बस्न सकेनन । –जनआस्था साप्ताहिकबाट

विशेष