राजनीति

साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री स्वेदश फिर्ता

साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री स्वेदश फिर्ता
चैत्र १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री आज विहान ११ बजे एयर चाईनाबाट स्वदेश फर्किएका हुन् । हाईनानस्थित बोआओ फोरममा सहभागी हुन गत बिहीवार चीन गएका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ उच्च नेतासँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । बोआओ सम्मेलनलाई सम्वोधन गरेपछि वेईजिङमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका दाहाल छेन्चु हुँदै हिजो ल्हासा आएका थिए । उनी आज ल्हासाबाटै काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्री दाहालसंगको भेटमा चिनियाँ राष्ट्रपति सी ले समेत संविधान कार्यन्वयनको चरणमा नेपाललाई सबै खाले सहयोग गर्न तयार रहेको बताएका थिए ।

PM China Vraman

विशेष