राजनीति

डा लोहनीको नेतृत्वमा नयाँ पार्टी गठन

डा लोहनीको नेतृत्वमा नयाँ पार्टी गठन
चैत्र - १६ । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन् । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली बुधबार निर्वाचन आयोगमा पठाइएको छ । अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलताको अन्त्य र मुलुकको समृद्धिका लागि स्थापना गरिएको बताए । आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उनले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताए । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले आजै पदबहालीसमेत गरेका छन् । यसअघि अध्यक्ष लोहनी राप्रपाको शीर्ष नेतृत्वमा रहेका थिए ।

Prakashchandra Lohani

विशेष