राजनीति

पूर्वकेन्द्रीय सदस्य शाहको हत्याको विरोधमा नेविसंघद्वारा देशभर प्रदर्शन

पूर्वकेन्द्रीय सदस्य शाहको हत्याको विरोधमा नेविसंघद्वारा देशभर प्रदर्शन
चैत - १६ । नेपाल विद्यार्थी संघ (नेविसङ्घ)का पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको विरुद्धमा आज सङ्घले देशभर विरोध प्रदर्शन गरेको छ । हत्यारालाई कारबाहीको माग गर्दै सङ्घले देशभर प्रदर्शन गरेको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए । काठमाडौँमा पनि हत्याको विरोधमा प्रदर्शन गरिएको छ । त्रिचन्द्र क्याम्पसबाट निकालिएको विरोध जुलुस प्रदर्शनी रत्नपार्क, भृकुटीमण्डप हुँदै पुतलीसडकमा भएर कोणसभामा परिणत भएको थियो । सभामा सङ्घका अध्यक्ष महरले निर्वाचनको वातावरण बिथोल्न शाहको कायरतापूर्ण तरिकाले हत्या गरेको बताए । उनले अहिलेको समकालीन राजनीतिक धमिल्याउने प्रयासमा हत्या गरिएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरे । शाह सङ्घको महाधिवेशनमा सहमहामन्त्रीको प्रत्याशी रहेका थिए । यसैगरी उनको हत्याको विरोधमा सङ्घले बिहीबार विहान ९ देखि १० बजेसम्म देशभरिका क्याम्पसअगाडि चक्काजाम गर्ने र शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने अध्यक्ष महरले जानकारी गराए । शाहको मङ्गलबार राति जाजरकोट सदरमुकामनजिक चार–पाँचजनाको समूहले हत्या गरेका थिए ।

Nebisang

विशेष