राजनीति

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट
चैत - १७ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग बिहीबार परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट गरेका छन् । भेटकाक्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री महतले स्थानीय तहको निर्वाचनको तयारी व्यापकरुपमा सरकारले गरिरहेको र त्यसमा सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने गृहकार्य भइरहेको बताए । विकास प्रयासलगायत नेपालको बृहत्तर हितमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री महतले राजदूत पुरीमार्फत् भारत सरकारलाई धन्यवाद ज्ञापन गरे । मन्त्री महतले पुरीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरे । राजदूत पुरीले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबुत् बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

डा प्रकाशशरण महत परराष्ट्रमन्त्री डा प्रकाशशरण महत मन्जिभसिंह पुरी

विशेष