राजनीति

कार्यदलले श्रमसम्बन्धी विधेयकमा प्रतिवेदन बुझायो

कार्यदलले श्रमसम्बन्धी विधेयकमा प्रतिवेदन बुझायो
चैत्र–१७ । श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७२ माथि अध्ययन गर्न बनेको संसदीय कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन समिति समक्ष बुझाएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको संयोजकत्वमा बनेको नौ सदस्यीय कार्यदलले बिहीबार समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गरेको हो । सांसदहरुलाई प्रतिवेदन अध्ययन गरी यही चैत २० गतेको बैठकमा थप छलफल गर्नेगरी बिहीबारको बैठक टुङ्गिएको सभापति साहले जानकारी दिए । कार्यदलका सदस्य भरत खड्काले स्थानीयतहको निर्वाचनअघि नै संसद्बाट पारित हुने गरी विधेयकलाई अघि बढाउनुपर्ने भनाइ राखे । बैठकमा सांसद पेम्बा लामाले विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सांसदहरुसँग छलफल नै नगरी उपसमितिले प्रतिवेदन तयार पारेकामा असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले नेपालले श्रम सम्बन्धमा गरेको अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, लगानीमैत्री र कामदारमैत्री बन्ने गरी विधेयक संशोधन गरिएको जानकारी दिए । गत कात्तिक ७ गते विधेयक समितिमा प्राप्त भएकामा माघ १३ गते समितिमा दफावार छलफल सुरु भएको थियो ।

कार्यदल प्रतिवेदन श्रमसम्बन्धी विधेयक

विशेष