राजनीति

नयाँ शक्तिसहित साना दलको प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै ४८ घण्टे अल्टिमेटम

नयाँ शक्तिसहित साना दलको प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै ४८ घण्टे अल्टिमेटम
  चैत्र–१७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित विभिन्न साना दलले संयुक्त ज्ञापनपत्र बुझाएका छन् । बिहीबार संयुक्त ज्ञापनपत्र बुझाउँदै संसद्मा रहेका दलहरुले मात्रै देशैभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ । डा.भट्टराईले आफूहरुको माग ४८ घण्टाभित्र पूरा नभए आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् । उनले ज्ञापन पत्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बुझाउने बताएका छन् ।

अल्टिमेटम ज्ञापनपत्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाबुराम भट्टराई साना दल

विशेष