राजनीति

निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाले लगाएको ताला प्रहरीले फुटायो

निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाले लगाएको ताला प्रहरीले फुटायो
चैत्र–१७ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले तोडेको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो । बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध तालाबन्दी गरिएको सङ्घीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताएका छन् ।    

जिल्ला निर्वाचन कार्यालय तालाबन्दी निर्वाचन मधेशी मोर्चा सिरहा

विशेष