राजनीति

उपप्रधानमन्त्री निधिद्वारा नेता शाक्यको स्वास्थ्यबारे जानकारी

उपप्रधानमन्त्री निधिद्वारा नेता शाक्यको स्वास्थ्यबारे जानकारी
चैत - १७ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली काँग्रेसका पुराना नेता मार्सल जुलुम शाक्यको स्वास्थ्य अबस्थाबारे जानकारी लिए । मस्तिष्कघातबाट सिकिस्त भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार गराइ रहेका नेता शाक्यलाई गृहमन्त्री निधिले आज अस्पतालमा भेटी उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिएको हो । अस्पताल जानुअघि गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शाक्यको उपचारमा सरकारले गर्ने सहयोगबारे कुराकानी गर्नु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगको कुराकानीपछि गृहमन्त्री निधिले सरकारका तर्फबाट शाक्यको उपचारका लागि रु १५ लाख सहयोग गरिने बताए । शाक्यको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन २० गते नर्भिक अस्पताल भर्ना हुनुभएकोमा स्वास्थ्यमा सुधार नआएपछि यही चैत ४ गतेदेखि उनी ग्रान्डी अस्पतालमा उपचार गराइ रहेका छन् । उनस् मुटु र मिर्गौला रोगबाट समेत पीडित छन् । नेबिसङ्घको संस्थापक शाक्यले २०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको जननिर्वाचित सरकारलाई ‘कू’ गरेपछि पहिलोपटक सडकमा उत्रिएर राजाको उक्त कदमको विरोध गरेका थिए । शाक्य २०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा आवास तथा भौतिक योजनामन्त्री भएका थिए ।

विमलेन्द्र निधि

विशेष