रोजगार

७५ हजार म्यादी प्रहरीका लागि १ लाख ७२ हजार आवेदन

७५ हजार म्यादी प्रहरीका लागि १ लाख ७२ हजार आवेदन

चैत्र १८ । आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका लागि भएको आवेदनमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ ।

निर्वाचनको रणनीतिक विवादमा रहेको प्रदेश २ मा सवैभन्दा बढी आवेदन परेको छ । प्रदेश २ मा ३५ हजारले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले चैत ११ देखि हिजोसम्म तोकेको समयमा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । चुनवी सुरक्षाका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागिएको थियो ।

सोअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको थियो । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छ ।

नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन् । तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन् । त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन् । तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन वापत पाउँछन् । अन्य जिल्लामा भने ठाउँ अनुसार फरक फरक रकम पाउने छन् । त्यसैगरी म्यादी प्रहरीले पोशाक पनि पाउने छन् ।

Myadi Police

विशेष