मोर्चा सहभागी नभए पनि चुनाव हुन्छ : देउवा

चैत १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा सहभागी नभए पनि स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले मधेसी जनता चुनावको पक्षमा रहेकाले मधेसी दलले भन्दैमा चुनाव नरोकिने बताए ।
उनले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउने पहल भइरहेको जानकारी दिए । मधेसी मोर्चाले उठाएका सिमांकनबाहेकका अन्य विषयमा तत्काल टुंगो लगाइने उनको भनाइ थियो ।
सभापति देउवाले देशभर तोकिएकै दिन आगामी वैशाख ३१ गते एकै चरणमा चुनाव गरिने समेत बताए ।
sherbahadur deuba