रोजगार

कोरियन भाषा परीक्षाको आवेदनमा गल्ती भए ६ दिन भित्र सच्याउन पाइने

कोरियन भाषा परीक्षाको आवेदनमा गल्ती भए ६ दिन भित्र सच्याउन पाइने
चैत्र–१८ । कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षाका लागि आवेदन दिँदा गल्ती भए ६ दिन भित्र सच्याउन पाइने भएको छ । आवेदकले आफूले चाहेको काम गर्न भरेको ‘सेक्टर’ (उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्र) बाहेक अन्य विवरण गल्ती भएको भए सच्याउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि आवेदन दिँदा पासपोर्ट नम्बर, नाम, ठेगाना तथा फोटो लगायतका विवरण गल्ती भएको भए चैत २० देखि २५ गतेसम्म सच्याउन सकिने छ । आवेदकले तोकिएको समयमा गल्ती सच्याउँदा विवरण रुजु गरेर हेर्न पनि सकिने छ ।

आवेदन इपीएस कोरियन भाषा परीक्षा

विशेष