राजनीति

उपराष्ट्रपति पुन र भारतीय राजदूत पुरीको शिष्टाचार भेट

उपराष्ट्रपति पुन र भारतीय राजदूत पुरीको शिष्टाचार भेट
चैत्र–१८ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग भारतीय राजदूत मन्जीवसिंह पुरीले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा भएको शिष्टाचार भेटमा उपराष्ट्रपति पुनले नेपाल–भारत सम्बन्ध जनस्तरसम्म प्रगाढ रहेको बताए । उनले दुई देशबीच बलियो सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध रहेको बताए । भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त समावेशी लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न नेपाल निर्वाचनतर्फ लागेको बताए । उनले निर्वाचन सम्बन्धी सम्बोधन गर्न राजनीतिक दलहरु लागिरहेको र छिट्टै नयाँ राजनीतिक सहमति बन्ने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले नवनियुक्त राजदूतको कार्यकाल सफलताको शुभकामना दिँदै राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे । यस्तै राजदूत पुरीले भारत जहिले पनि नेपालको शान्ति, समृद्धि र स्थायित्व चाहने बताएका छन् । नेपालको आर्थिक विकासमा साझेदार गर्दै आएको बताउँदै राजदूत पुरीले नेपालको उर्जा, पूर्वाधार निर्माणलगायतको क्षेत्रमा सहकार्य अझै बढाउन तयार रहेको बताए ।

उपराष्ट्रपति नन्दबहादुर पुन भारतीय राजदूत मन्जीवसिंह पुरी शिष्टाचार भेट

विशेष