राजनीति

मधेसी मोर्चाले मतदाता नामावलीमा छुटेकाको नाम थप्नु पर्ने नयाँ किचलो झिकेपछि हुनै लागेको सहमति भाँडियो

मधेसी मोर्चाले मतदाता नामावलीमा छुटेकाको नाम थप्नु पर्ने नयाँ किचलो झिकेपछि हुनै लागेको सहमति भाँडियो

चैत–१९ । वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारसित सीमांकन बाहेकका पाँच विषयमा संविधान संशोधन गर्न अनौपचारिक समझदारी गरेको मधेसी मोर्चा शुक्रबारको बालुवाटार बैठकमा भने पछि हटेको छ ।

सरकार र मोर्चाबीचको कार्यदलस्तरमा त्यस्तो सहमति जुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार साँझै समझदारीमा हस्ताक्षर गर्ने गरी बालुवाटारमा सत्तारुढ दल र मोर्चाको बैठक बोलाएका थिए । समझदारीको मस्यौदा लेख्ने गरी नै बैठकमा नेताहरुलाई आमन्त्रण गरिएको थियो । तर, मोर्चाले मतदाता नामावली र जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्नु पर्ने प्रस्ताव राखेपछि हुनै लागेको समझदारी पुनः टाढिएको छ । –कान्तिपुर दैनिकबाट

विशेष