राजनीति

चुनाव निर्धारित समयमै हुन्छ- मन्त्री गिरी

चुनाव निर्धारित समयमै हुन्छ- मन्त्री गिरी
चैत्र–१९ । सिँचाइ मन्त्री दीपक गिरीले सबै दललाई साथमा लिएर स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले सबैको भावनालाई सम्बोधन गरी सरकारले चुनाव गराउन लागि परेको बताए । उनले असन्तुष्ट मधेसी दललाई चुनावमा सहभागी गराउन विभिन्न बैठक तथा छलफल भइरहेको बताउँदै चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे। ‘लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव हुनुपर्छ, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार लाग्नेछ ,’ उनले भने । उनले आफू सिँचाइ मन्त्री भएपछि विभिन्न सिँचाइ योजना सुरु गरेको बताउँदै सो योजना के–कति काम भयो र विकास निर्माणको बारेमा बुझ्न जिल्ला आएको बताए । रासस

चुनाव दीपक गिरी स्थानीय तहको निर्वाचन

विशेष