राजनीति

वैद्य माओवादीले निर्वाचनमा भाग लिने

वैद्य माओवादीले निर्वाचनमा भाग लिने

चैत २० । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष मोहन वैद्यले शनिबार जारी गरेको विज्ञप्तिमा यही चैत १४ र १५ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय निर्वाचन जनताको अत्यावश्यक तथा दैनिक कामको व्यवस्थापनसँग जोडिएको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताकाबीचमा संगठन विस्तार गर्न आवश्यक बन्न गएकाले निर्वाचनको क्रान्तिकारी ढंगले उपयोग गर्न आवश्यक रहेको उल्लेख छ ।

पार्टीद्वारा सिधै नभइ सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक संयुक्त मोर्चाका नाममा सो पार्टीले निर्वाचनमा भाग लिन लागेको हो ।

चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिस्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता गलत भएको विज्ञप्तिमा जनाइएको छ ।

Baidyhya Maobadi

विशेष