‘ग्रेटर नेपाल’ अभियानलाई चीनले साथ दिएकै हो त ?
चैत–२० । पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपालले १५ चैतमा फेसबुक वालमा एउटा भिडियो अपलोड गरे, जसको क्याप्सनमा लेखिएको छ–ग्रेटर नेपालाई चीन सरकारको ऐतिहासिक अनुमोदन ।
८ फागुनमा खिचिएको उक्ता भिडिओमा एकातिर उपप्राध्यापक चीनको हुनान प्रान्तको साओसानस्थित चिनियाँ नेता माओत्सेतुङको जन्मघरअगाडि रहेको सालिकमा माल्यार्पण गरिरहेका देखिन्छन् । त्यही बेला चिनियाँ जनमुक्ति सेनाले उनको सम्मानमा ब्यान्डसहितको धुन बजाएको पनि स्पष्टैसँग सुनिन्छ, देखिन्छ ।
उपप्राध्यापकको हैसियतमा माओको जन्मस्थानमा सलामीसहतिको सम्मा पाएका होइनन् नेपालले । दुई सय वर्षअघिको सुगौली सन्धिमा नेपालले गुमाएको भूभाग फिर्ता गराउन अभियान चलाउने उद्देश्यले गठन भएको राजनीतिक संगठन युनाइटेड नेपाल नेसनलिस्ट फ्रन्टको अध्यक्षका हैसियतमा दिइइएको सम्मान भएकोले यसर्ला ग्रेटर नेपालको मुद्दाले चिनियाँ अनुमोदन पाएको दाबी गरिएको छ । ०७३ मा मात्र उपप्राध्यापक नेपालले चारपटक चीन भ्रमण गरिसकेका छन् । नेपालले पटक पटक पाएको चीन भ्रमणको निम्तोले देखाउँछ, भारतले आफ्नो अखण्डताविरुद्ध रहेको र आपत्तिजनक मानको ग्रेटर नेपालको मुद्दाप्रति चीनको चासो भने बढ्न थालेको छ । –नेपाल साप्ताहिकबाट