राजनीति

हिरासतमै धर्नामा बसेका नेताहरुमाथि प्रहरी हस्तक्षेप

हिरासतमै धर्नामा बसेका नेताहरुमाथि प्रहरी हस्तक्षेप
चैत्र–२० । प्रहरी हिरासतमै शान्तिपूर्ण धर्ना दिइरहेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलगातयतका नेताहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । निर्वाचन कार्यालय घेराउका क्रममा प्रहरी हिरासतमा परेका नयाँ शक्तिका भट्टराईसहितका नेताहरुले रिहा हुन अस्वीकार गरेको थियो । पुलिस क्लबमा राखिएका नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको थियो ।  डा. भट्टराईको सचिवालयले दिएको जानकारी अनुसार उनीहरुलाई प्रहरीले दुव्र्यवहार समेत गरेको छ । चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोग अगाडि धर्ना दिन पुगेका डा.भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल लगायत नेताहरुलाई प्रहरीले आज विहान पक्राउ गरेको थियो ।

डा. बाबुराम भट्टराई धर्ना प्रहरी हस्तक्षेप हिरासत

विशेष