राजनीति

एक्लिदैं बाबुराम भट्टराई

एक्लिदैं बाबुराम भट्टराई
चैत २१ । स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्ति  पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् । सहसंयोजक महेश कर्मोचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।

baburam bhattarai

विशेष