राजनीति

ओली र प्रचण्डबीच बोलचालै बन्द !

ओली र प्रचण्डबीच बोलचालै बन्द !

चैत–२१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवासम्मले निर्वाचनबारे साझा मत जाहे गर्दै भन्ने गरेका छन्, ‘स्थानीत तह निर्वाचन कुनै पनि हालतमा निर्धारित मितिमै हुन्छ । निर्वाचन छिटो गराएर सत्तारोहणको ढोका खोल्न आतुर देउवा र भित्री चाहना मारेर निर्वाचन मिति घोषणा गर्न अभिशप्त बनेका प्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै निर्वाचन हुने बताए पनि सत्तारुढ दलकै कारण निर्वाचन नहुने स्थिति देखापर्दैछ ।

२०७३ साउनमा कांग्रेस, माओवादी र मधेसी मोर्चा एक भएर केपी ओलीलाई सत्ताच्यूत गरेका थिए । अहिले त्यसमा कमल थापा नेतृत्वको राप्रपा थपिएपछि सत्ता गठबन्धन थप बलियो बनेको छ । तर, यी दल सत्ता सञ्चालनका लागि सहमत देखि पनि धेरै कुरामा विभक्त छन् । हिजो आज सत्ता गठबन्धन भित्रको गहिरिँदो अविश्वास र तिक्तता देखेरै होला प्रमुुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई तार खबर पठाएका छन्– अब म यथास्थितिमा संवादमा बस्दिनँ । सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, मोर्चाको ठोस राजनीतिक योजना के हो त्यो योजना औपचारिक रुपमा ल्याएपछि मात्रै वार्तामा बस्छु ।

स्रोतका अनुशहार बिना एजेन्डा कैयन चरण छलफल गरेका ओलीले यही अवस्थामा गठबन्ध दलहरु र प्रधानमन्त्री प्रचण्डसँग संवाद नगर्ने भन्दै प्रचण्डसँग ठोस र प्रष्ट रानीतिक प्रस्तावको माग गरेका छन् । –साँघु साप्ताहिकबाट

विशेष