विचित्र विश्व

होटलको नयाँ अफर, बसेको एक वर्षभित्र सम्बन्ध बिच्छेद भए सम्पूर्ण खर्च फिर्ता

होटलको नयाँ अफर, बसेको एक वर्षभित्र सम्बन्ध बिच्छेद भए सम्पूर्ण खर्च फिर्ता

चैत २० । विवाहित जोडी होटलमा बसेको समयदेखि एक वर्षभित्र सम्बन्ध बिच्छेद भए स्विडेनको एक होटलले सम्पूर्ण खर्च फिर्ता हुने ‘अफर’ ल्याएको छ ।

स्वीडिस होटल चेनले आफ्नो होटलमा आउने सबै पाहुनाले संगै काम गर्दै खुशियाली जिन्दगी बिताउन् र सम्बन्धमा कुनै त्यस्तो खट्पट् नहोस् भनेर ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अन्तर्गत रकम फिर्ता दिने घोषणा गरेको हो ।

स्वीडिस एलडब्लुटी संचारमाध्यमका अनुसार होटलमा बसेको एक वर्षसम्म सम्बन्धमा ग्यारेण्टिसहितको सेवा सुविधा दिइने छ । यदि होटलमा बसेको विवाहित जोडीको एक वर्ष्भित्र सम्बन्ध बिच्छेद भए होटलले माफीसहित उक्त होटलमा बसेको शुल्क फिर्ता गर्नेछ ।

तर, होटल चेनले यो सुविधा भने दुई रात तीन दिन बस्ने जोडीलाई मात्र भएको उल्लेख गरेको छ । चेन होटेलले आफ्नो होटलमा बसेको मितिले एक वर्षभित्र सम्बन्ध बिच्छेद भए अदालतको प्रमाणपत्रसहित ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अनुसार होटलमा भएको सम्पूर्ण खर्च फिर्ता दिइने उल्लेख गरेको छ ।

Hotel Rakam

विशेष