राजनीति

एक करोड ४० लाख ५४ हजार ४ सय ८२ जनाले भोट हाल्न पाउने कुन जिल्लामा कति (सूचीसहित)

एक करोड ४० लाख ५४ हजार ४ सय ८२ जनाले भोट हाल्न पाउने कुन जिल्लामा कति (सूचीसहित)
चैत्र २१ । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । उक्त संख्या गत २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुको हो । कानुनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलनमा रोक लगाएको छ । सरकारले गत फागुन ९ मा आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको घोषणा गरेको थियो । आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार आयोगको बैठकले मतादाता नामावलीलाई अन्तिम रुप दिने (स्वीकृत गर्ने) निर्णय गरेको हो । आयोगले बनाएको कार्यसूचीमा चैत २० गत मतदाता नामावलीलाई टुंग्याउने उल्लेख भएकामा उक्त काम तोकिएको दिनमै भएको छ । प्रवक्ता शर्माका अनुसार कुल मतदातामा पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् । त्यस्तै, तेस्रो लिंगी मतदाता १ सय ४३ छन् । साढे तीन वर्षअघि २०७० मसिंर ४ मा भएको संविधानसभा निर्वाचनको समय भन्दा अहिले मतदाताको संख्या १९ लाखले बढेको छ । त्यतीखेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए । त्यसभन्दा अगाडि ०६४ सालको निर्वाचनको समयमा १ करोड ७७ लाख मतदाता थिए । हेर्नुहोस् कुन जिल्लामा कति मतदाता

nirbachan

विशेष