राजनीति

शोकलाई शक्तिमा बदलेर चुनावमा लाग्न गृहराज्य मन्त्रीको अपिल

शोकलाई शक्तिमा बदलेर चुनावमा लाग्न गृहराज्य मन्त्रीको अपिल
जाजरकोट, २१ चैत्र । शोकलाई शक्तिमा बदलेर स्थानिय तहको निर्वाचनमा जुट्न माननिय गृहराज्य मन्त्री ईन्दबहादुर बानियाँले पार्टी कार्यकर्तालाई अपिल गरेका छन् । नेपाली कांग्रेस जाजरकोटका युवा नेता तथा नेविसंघका पुर्व केन्द्रिय सदस्य रविन्द्र सम्शेर शाहको गत १५ गते साँझ अज्ञात व्यक्तिद्धारा गरिएको हत्यवाट शोकाकुल नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई गृहराज्यमन्त्री बानियाँले यस्तो अपिल गरेका हुन् । शाहको हत्यामा सम्लग्न व्यक्तिहरुको पहिचान भईसकेको बताउदै गृहराज्यमन्त्री बानियाँले भने–“हत्यामा सम्लग्न व्यक्तिको पहिचान भई सकेको छ, दोषीलाई छिट्टै पक्राउ गरी कानुनी दायरा ल्याईने छ, शाहको हत्यावाट पैदा भएको शोकलाई शक्तिमा बदलेर स्थानिय तहको निर्वाचनमा लाग्न पार्टीका समस्त नेता तथा कार्यकर्तालाई अपिल गर्दछु ।” शाहका शोकाकुल परिवारलाई भेट्न जाजरकोट पुगेका गृहराज्यमन्त्रीले जिल्लाको समग्र विकासका दृष्टिले जाजरकोट निक्कै पछाडी रहेको बताउदै पार्टीका नेता तथा कार्यकर्ता चुनावी उत्सवलाई लिएर गाउँ–गाउँमा जानु पर्नेमा जोड दिए । शाहको श्रद्धान्जली सभामा बोल्दै राज्यमन्त्री बानियाँले जिल्लाको विकासमा नेपाली कांग्रेस पार्टीले जोड दिईर जाने वताए । शाहको हत्या राजनैतिक हिसाबले नभएर अपराधिक तथा आर्थिक प्रलोभनवाट भएको हुन सक्ने राज्यमन्त्री बानियाँले बताए । प्रेस युनियन जाजरकोटको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बानियाँले अपराधीक गतिबिधी तथा घटनाहरु प्रतिकुल भुगोलमा हुने बताए । घटनाको अवस्था, जाजरकोटको भुगोल र निर्वाचन सुरक्षा चुनौतिलाई बुझ्न आफु जाजरकोट आई पुगेको मन्त्री बानियाँले जानकारी दिए । –दीपबहादुर घर्ती

अपिल ईन्दबहादुर बानियाँ चुनाव जाजरकोट

विशेष