नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने यस्तो छ तालिका

चैत्र २२ । नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने भएको छ ।
लितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको स्थानीय निकाय निर्वाचन परिचालन समितिको बैठकले अगामी २६ गतेबाट मुलुकभर निर्वाचन केन्द्रित आमसभा गर्ने निर्णय गरेको हो ।
अगामी २६ गते कैलालीको अत्तरियामा, २८ गते दाङको तुलसीपूरमा, २९ गते रुपन्देहीको बुटवलमा, ३० गते पोखरामा, ३१ गते जनकपुरमा र बैशाख २ गते झापामा आमसभा गर्ने निर्णय गरिएको हो । निर्वाचन केन्द्रित छलफलका लागि समितिको बैठक आज फेरि बोलाएको छ ।
Congress