राजनीति

वैशाख १२ भित्रै एमालेका उम्मेदवार

वैशाख १२ भित्रै एमालेका उम्मेदवार
चैत २२ । नेकपा (एमाले)ले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तह निर्वाचन घोषणा मस्यौदा समिति गठन गरेको छ । एमाले मुख्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटीको बैठकले गठन गरेको मस्यौदा समितिम अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प क“डेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहेका छन् । त्यस्तै बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ । समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवासचन्द्र नेम्बाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झा“क्री सदस्य रहेका छन् । बैठकले उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरूले चैत ३० गतेसम्म, गाउ“पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरूले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए । सिफारिस आएपछि स्थायी समिति बैठकले वैशाख १२ गते उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । माघ ७ भित्र हुने तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय पनि एमालेले गरेको छ । बैठकले चुनावका लागि पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय तथा विभागका सदस्यहरू, सांसदहरूका साथै जनसंघठनका केन्द्रीय नेताहरूलाई सम्बन्धित प्रदेश समन्वय कमिटीस“ग समन्वय गरी आआफ्नो स्थानीय तह रहेको क्षेत्रमा अहिलेदेखि नै क्रियाशील हुन निर्देशनसमेत दिएको छ । निर्वाचनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक वैशाख ३ गते आयोजना गर्ने निर्णय पनि भएको प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले जानकारी दिए ।

CPN UML

विशेष