राजनीति

प्रधानमन्त्रीलाई निर्वाचन आयोगले दियो ‘अल्टिमेटम’

प्रधानमन्त्रीलाई निर्वाचन आयोगले दियो ‘अल्टिमेटम’

चैत २५ । निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदात केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रबारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई ‘अल्टिमेटम’ दिएको छ ।

आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् ।

मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर, चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले अल्टिमेटम दिएको हो ।

प्रमुख निर्वाचन आययुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार टेलिफोन गरी शुक्रबारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गरेको आयोग स्रोतले बतायो ।

२ नम्बर प्रदेशमा सहमतिका आधारमा मतदान केन्द्र नतोकिए आफैं अघि बढेर काम गर्ने तयारीमा आयोग पुगेको खबर पनि प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीसमक्ष पु¥याइसकेको आयोग स्रोतले जनाएको छ ।

अन्नपूर्ण पोस्ट

Nirbachan ayog

विशेष