राजनीति

ललितपुरमा एमालेको तर्फबाट ब्यञ्जनकारको उम्मेदवारी

ललितपुरमा एमालेको तर्फबाट ब्यञ्जनकारको उम्मेदवारी

चैत्र–२५ । ललितपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले उम्मेदवारी दिन भएका छन् । शुक्रबार भएको एक कार्यक्रममा ब्यञ्जनकारले उक्त घोषणा गरेका हुन् । ललितपुरमा एमालेलाई जिताउन आफू विगत लामो समयदेखि नै क्रियाशील रहेकाले जित्ने निश्चित भएको समेत उनको दाबी छ । ब्यन्जनकार एमालेको योग्य उम्मेदवार भएकाले जनताले उनलाई नै रोज्ने निश्चित भएको एक कार्यकर्ताले जानकारी दिए । उनले भने,‘ब्यन्जनकार ललितपुरको समग्र बिकासको लागि परिचित उम्मेदवार हुन् । तर एमालेले भने अहिलेसम्म उम्मेदवारहरूको नाम तय गरिसकेको छैन ।’ नेपालमा करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको सरगर्मी उच्च अवस्थामा पुगिसकेको छ । निर्वाचन आयोगले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन हुने घोषणा गरेलगत्तै कार्यकर्ता तछाडमछाड गरि उम्मेदवारका लागि पार्टीमा ‘लबिङ’ शुरु गरिरहेका छन् ।

उम्मेदवारी एमाले ललितपुर हरिकृष्ण ब्यञ्जनकार

विशेष