राजनीति

मधेसवादी दलले जनतालाई अल्मल्याए: ओली

मधेसवादी दलले जनतालाई अल्मल्याए: ओली
चैत्र–२५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले भने,'देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।' देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको भन्दै अाेलीले त्यस्ताे प्रयासलार्इ एमालेले सफल हुन नदिने बताए । उनले देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताएका छन् । केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उनले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पारे । 'हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्नेखालका छैनन्,' उनले भने,'पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।'

आरोप केपी शर्मा ओली मधेसवादी दल

विशेष