राजनीति

'मधेसी मोर्चालाई ल्याउन स्थानीय चुनाव दुई चरणमा'

'मधेसी मोर्चालाई ल्याउन स्थानीय चुनाव दुई चरणमा'
चैत्र–२५ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताएका छन् । पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले यस्तो भनेका हुन् । “राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सचेत एवम् सक्षम भएकाले आआफ्ना जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछन्”, उनले भने । उपप्रधानमन्त्री निधिले सरकार र मधेसी मोर्चाबीच वार्ता भइरहेको बताउँदै दुई चरणमा निर्वाचन भएमा मोर्चा निर्वाचनमा भाग लिने विषयमा सहमत भएकाले सोबारे पनि सोच्न सकिने बताए । निधिले पाँच विकास क्षेत्रमा क्षेत्रीय सुरक्षा गोष्ठीको आयोजना गरिने छ । मतदाता, उम्मेदवार र मतदानमा खटिने कर्मचारीलगायत सुरक्षाका विषय तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनेबारे गोष्ठीमा छलफल भएको बताइएको छ । सरकारका उपप्रधानमन्त्रीको वरियताका सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेर टुङ्गो लगाउने जानकारी दिए ।

दुई चरण मधेसी मोर्चा विमलेन्द्र निधि स्थानीय चुनाव

विशेष