राजनीति

आर्थिक र प्रशासनिक स्वायत्तताबिना सङ्घीयताको कार्यान्वयन हुन सक्दैन - मन्त्री थापा

आर्थिक र प्रशासनिक स्वायत्तताबिना सङ्घीयताको कार्यान्वयन हुन सक्दैन - मन्त्री थापा
चैत्र – २५ । उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले राज्यको संरचनामा आमूल परिवर्तन गरेर नयाँ संरचनाका केन्द्र, प्रदेश तथा स्थानीय तह हुने व्यवस्था गरेको बताएका छन्। स्थानीय तह कर्मचारी सङ्घले आयोजना गरेको ‘स्थानीय तहको सेवा प्रवाहः प्रशासनिक संरचना एवम् कमचारी व्यवस्थापन’ विषयको विवेचनात्मक अन्तक्रिया उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सरकारले स्थानीय तहमा आर्थिक स्वायत्तता तथा प्रशासनिक स्वायत्तता भएको नवीन तथा मौलिक प्रयोग गर्न खोजेको बताए। उनले थपे, “स्थानीय तहमा आर्थिक स्वायत्तता तथा प्रशासनिक स्वायत्तताबिना सङ्घीयताको कार्यान्वयन हुन सक्दैन ।” काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेल र सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले अधिकारसम्पन्न स्थानीय तहको निर्वाचनपछि पदाधिकारीको प्रभावकारिता तथा क्षमता वृद्धि हुने बताए।

kamal Thapa

विशेष