राजनीति

निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने– संयोजक श्रेष्ठ

निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने– संयोजक श्रेष्ठ
चैत्र–२६ । नयाँ शक्ति पार्टी ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले दलको हैसियतमा निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने बताएका छन् । नयाँ शक्ति सिन्धुलीको बैठकको निर्णय सार्वजनिकीकरणका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसियतका आधारमा दलिय निर्वाचन चिह्न दिनुपर्ने बताए । उनले भने “निर्वाचन आयोगले दल दर्ता गर्न आग्रह गर्ने अनि दर्ता भएका दललाई स्वतन्त्र रुपमा चुनाव चिह्न दिन्छु भन्नुको अर्थ निर्दलीय व्यवस्थातर्फ देशलाई लग्न खोजिएको छ । यसमा नयाँ शक्तिले पूर्ण रुपमा विरोध गरेर निर्वाचन हुनै दिँदैन ।” सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको पनि उनको आरोप थियो ।

नयाँ शक्ति पार्टी निर्वाचन निर्वाचन चिह्न सरकार

विशेष