भरतपुर महानगरपालिका मेयरमा कांग्रेसबाटै २२ जनाको निवेदन
चैत्र–२६ । स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका प्रमुख अर्थात् मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् ।
कांग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रवार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा मेयरकाका लागि २२ जनाले निवेदन दिएका हुन् ।
कांग्रेसको केन्द्रीय समितिको पत्र र जिल्ला समितिको निर्णयानुसार महानगरमा प्रमुख बन्न इच्छुकको निवेदन माग गरिएको थियो । आकाङ्क्षीलाई निवेदन दिनका लागि दुई दिनको समय तोकिएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा नगर समन्वय समितिले आह्वान गरेको कार्यक्रममा महानगरपालिका प्रमुखका लागि प्रा डा सूर्यकान्ता घिमिरे, शङ्कर कँडेल, डा ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, हृषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेल, विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला र भरत गुरुङले निवेदन दर्ता गराएका छन् ।
यस्तै उपप्रमुखका लागि बिनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलसहित १० जनाको निवेदन दर्ता भएको छ ।
काँग्रेस
चितवन
निवेदन
भरतपुर महानगरपालिका
मेयर