राजनीति

स्थानीय तहकाे निर्वाचन एकै चरणमा – अध्यक्ष ओली

स्थानीय तहकाे निर्वाचन एकै चरणमा – अध्यक्ष ओली
चैत्र – २६ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन दुई चरणमा नभइ एकै चरणमा हुनु पर्ने बताएका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एकै चरणमा चुनाव हुनु पर्ने बताएका हुन् ।  उनले वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने दाबीसमेत गरे । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चालाई खुसी पार्न दुई चरणमा निर्वाचन गर्न सकिने बताएका थिए ।

KP Sharma Oli

विशेष