राजनीति

सबैलाई मान्य हुने गरी संशोधनको नयाँ प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री

सबैलाई मान्य हुने गरी संशोधनको नयाँ प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री
चैत्र - २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताएका छन् । काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “सबैलाई मान्य हुने गरी राष्ट्रिय एकताको संशोधन प्रस्ताव दर्ता हुन्छ, यसले मुलुकलाई एकताबद्ध गर्नेछ ।” प्रधानमन्त्री प्रचण्डले उक्त प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गर्दै निर्वाचनको सङ्कल्पमा राष्ट्र अगाडि बढिसकेकाले यसमा कुनै शङ्का नगर्न आग्रह गरे । स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउँदै प्रधानमन्त्रीले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने बताए । दुई छिमेकी मुलुकसँग असल सम्बन्ध कायम गरेर नेपालको विकास गर्न सकिन्छ भन्ने विश्वास आफूमा बढेको बताउँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकताको अभियानमा सहयोग गर्न सबैमा आह्वानसमेत गरे ।

पुष्पकमल दाहाल

विशेष