वैशाख ३१ मै चुनाव हुन्छ - उप्रधानमन्त्री थापा

चैत २६ – उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने दाबी गरे ।
आज लमजुङमा स्थानीय तहका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले वैशाख ३१ मै चुनाव हुने भएकाले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
‘वैशाखमा निर्वाचन हुँदैन की भनेर शङ्का नगरौ, सवैतिरबाट चुनावको तयारी तीव्र भइरहेको छ,’ उनले भने । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको र सरकारले सक्दो सहयोग गरेको उनले बताए ।
kamal Thapa