मधेसी मोर्चाले पहिलो पटक भन्यो, ‘सरकारले ल्याएको नयाँ विधेयक पास भए चुनावमा जान्छौं’
चैत–२७ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिएर फेरि लैजान लागेको नयाँ प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमति जनाउको छ । नयाँ विधेयक संसदबाट अनुमोदन भए स्थानीय तहको चुनावमा भाग लिने मोर्चाका नेताहरुले बताएका छन् । ‘नयाँ संशोधन प्रस्ताव आइतबार मन्त्रिपरिषदबाट पारिद गराउँछु भनेर प्रधानमन्त्रीले हामीलाई आश्वास दिनु भएको छ’ तमलोपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भने, ‘विधेयकबारे हामीलाई अनौपचारिक जानकारी गराउनु भको छ । सोहीअनुशार संशोधन प्रस्ताव संसदमा दर्ता भयो र अनुमोदन भयो भने हामी चुनावमा जान्छौं । संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तर त्यसलाई पारित नगर्ने हो भने चाहिँ त्यसको कुनै अर्थ नुहने उनले बताए । –नागरिक दैनिकबाट